प्रदेश २ मा बढ्न थाल्यो कोरोना संक्रमण, आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ ।  मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैलन नदिन तथा कोरोना संक्रमितको लागि औषधि उपचारको विषयमा  छलफल गरेका छन् । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए । कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर