धनुषामा डिस्टिलरी व्यवसायी रेग्मीको शंकास्पद मृत्यु, चार कर्मचारी पक्राउ

धनुषाको दुर्गा टोलमा डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्टिलरीका सञ्चालक उदयपुर त्रियुगा नगरपालिका–७ चुआरेका ५१ वर्षीय प्रमोद रेग्मी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।