११ महिनामा १३ खर्बको सामान भित्रियो

काठमाडौं। नेपालले ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले उक्त रकम बराबरको सामान आयात गरेको हो। गत वर्षको यही अवधिमा ११ अर्ब रुपैयाँको सामान आयात भएको थियो। जुन यो वर्ष २५ प्रतिशतले बढेको हो।