तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ जलविद्युत आयोजनालाई समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। बिहीबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि यस्तो निर्देशन दिनुभएको हो। आयोजनाको निरीक्षणपछि ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो निर्देशन निर्देशन गर्नु भएको हो। निर्धारित समयमा काम गर्नुपर्ने हुँदा फिल्डको काम छिटो सम्पन्न गर्न कर्मचारी, प्राविधिकलाई प्रधानमन्त्रीले देउवाले निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले आयोजनाका प्राविधिक पक्ष, प्रशारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्याम लगायतको भौतिक प्रगतिको बारेमा जानकारी लिनुभएको हो। तनहुँ जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग प्रधानमन्त्री देउवाले कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको छ।