अमेरिकी सहयोग भूराजनीतिक होइन: सामन्था

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले यस्तो बताएकी हुन्। उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताइन्। उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी […]

सम्बन्धित सामग्री

जीवनस्तर उकास्न भोकमरीको अन्त्य र बेरोजगारी न्यूनीकरण अपरिहार्य : प्रधानमन्त्री

न्यूयोर्क : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन्। उनले नागरिकको जीवनस्तर उकास्न भोकमरीविरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको बताए।संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स&rs

यूएसएआईडीले जीटूजी सहायतालाई निरन्तरता दिने

काठमाडौं । अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर स्वदेश फर्केकी छन् । उच्चस्तरीय भेटघाट सकेर बुधवार फिर्ता हुनुअघि उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् । भेटमा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् । पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच पनि बुधवारै शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री पौडेलले गतवर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वार्षिकी मनाइएको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्राममा हस्ताक्षर गरेपछि पहिलोपटक अमेरिकाबाट सहायता प्राप्त गरेको र त्यसयता दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको प्रमाण यूएसएआईडीमार्फत विस्तार भएको जीटूजी सहयोग भएको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले विकसित देशहरूले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कमविकसित देशको अर्थतन्त्र सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको धारणा व्यक्त गरे । नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सीधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै पौडेलले नेपालले सन् २०२२ मेमा यूएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी ५ वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियन बराबरको अनुदान सहायता देशको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए । यूएसएआईडी प्रशासक पावरले नेपालमात्र जीटूजी सहायता प्राप्त गर्ने देश भएको जानकारी दिइन् । अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै मुलुक जनताको मौलिक हकको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए । उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको तथा भर्खरै तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए । सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै एमसीसी कार्यान्वयनमा जोड दिएकी छन् । उक्त अवसरमा सहायताका अतिरिक्त वैदेशिक निजीक्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासमार्फत दक्षिण एशियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना सामन्थाले व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा द्विपक्षीय अन्य मुद्दामा पनि छलफल भएको थियो । त्यसअघि उनले मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । सामन्थाको भ्रमणमा नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन यूएसएआईडीले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने घोषणा भएको छ । उक्त रकम स्रोतको उपलब्धतामा निर्भर हुने जिकीर गर्दै घोषित रकममध्येको ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको सामन्थाले बताइन् । त्यस्तै सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरणका लागि २ करोड डलरसम्म समावेश गरिएको उनले मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा बताएकी थिइन् । सामुदायिक अवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्म छुट्ट्याइएको पनि उनले बताएकी थिइन् ।

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच शिष्टाचार भेट भएको छ । गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५‌ औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर...

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेबीच शिष्टाचार भेट भएको छ । गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५‌ औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर...

परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा अमेरिकी सहयोग ‘मिल...

युएसएआइडीकी प्रमुख नेपाल आउने

काठमाडौँ - अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणका लागि आउन  लागेकी छिन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएआइडीको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ । युएसएआइडीले प्रकाशित गरेको प्रेस...

युएसएआइडीकी प्रमुख नेपाल आउने

काठमाडौँ - अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल भ्रमणका लागि निस्कन लागेकी छिन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएआइडीको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ । युएसएआइडीले प्रकाशित गरेको प्रेस विज्...

‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रुस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसैसाता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत ल

अमेरिकी सरकारको सहायता प्रदान गर्ने नीतिको प्रशंसा

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो ।