अभौतिक मुद्रामा लगानी नगर्न आग्रह

नेपाल राष्ट्र बैङ्कले अभौतिक मुद्राहरूमा लगानी तथा कारोबार नगर्न आमनेपालीलाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्डजस्ता कारोबार गैरकानुनी रहेको भन्दै त्यसमा संलग्न भएमा कारबाहीसमेत हुने चेतावनी दिएको छ । केन्द्रीय बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता कारोबार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था मात्र नभई विदेशी र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकसमेत यसमा संलग्न नहुन सचेत गराएको हो । दर्ता भएर नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीसमेतले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैङ्क ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ । नेपालमा विदेशी विनिमय मुद्राको रूपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता पाएको छैन । नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र राष्ट्र बैङ्क निष्कासन नगरेको तथा कुनै पनि सुरक्षण नभएकाले यस्तो कारोबार गैरकानुनी हुने स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । बैंकले आज शुक्रवार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवम् विवरण सार्वजनिक भएपछि बैंकले विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सूचनामा उल्लेख छ । बैंकले तोकिदिएको...

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर […]

बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए । मुख्यमन्त्री शाहीले पुँजी बजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो […]

ऋण लिएर सेयर बजारमा लगानी नगर्न मुख्यमन्त्री शाहीको आग्रह

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा शनिबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए। मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई असल व्यवहार गर्न आग्रह गरे। उनले […]

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए। मुख्यमन्त्री शाहीले पुँजी बजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह […]

गैरआवासीय नेपालीको लगानीमा आशंका नगर्न आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गैरआवासीय नेपालीको लगानीमाथि आशंका गर्न आवश्यक नरहेको बताएका छन् । गैरआवासीय नेपालीहरुको लगानीसँग नेपाली डराउन नहुने भन्दै उनले एनआरएनलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालको नेतृत्व वर्गले आत्मविश्वास देखाउनुपर्ने बताए ।आइतबार गैरआवासीय नेपाली विश्व सम्मेलनको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै थापाले भने, “हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता […]

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधान

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न […]

नेपालको कमाइ विदेशमा लगानी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई नेपालमा कमाएको पुँजी विदेशमा लगेर लगानी नगर्न आग्रह गरेका छन् ।