टेवल टेनिस प्रतियोगितालाई स्पिन इभेन्ट्स र पुर्णबीच सम्झौता

(हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भाद्रको तेस्रोदेखि आयोजना हुने ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ मा मुख्य प्रायोजकको रुपमा समाजसेवी पूर्ण शंकर श्रेष्ठ जोडिएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिताको लागि बिहीबार आयोजक स्पिन इभेन्ट्स प्रालि र समाजसेवी पूर्ण शंकर श्रेष्ठबीच सम्झौता […]

सम्बन्धित सामग्री

धुम्रवराहमा ‘कुसो रोट्रयाक्ट क्लब’को सहयोग

काठमाडौं। काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘कुसोम रोट्रयाक्ट क्लब’ले धुम्रवराह माध्यमिक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ । शुक्रवार सो विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका संस्थापक सभापति स्नेहा चिमौरियाले मर्यादित महीनावारी दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरी विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन् ।  सो अवसरमा पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान, २५ थान अन्डरवेयर, कलर पेन्सिल तथा कलर ९६ थान, कपी १०० थान, पुस्तकालयको लागि सन्दर्भ पुस्तक ७० ओटा, पेन्सिल ब्याग १०० ओटा, खेलकुद सामग्री (ब्याडमिन्टन, फुटबल र टेवल टेनिस) र ट्र्याकसुट लगायतका लुगा विद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरिएको हो । संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन् । उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब अफ पाटन साउथ, प्रभु बैंक, इ नयाँ क्याफे र बुद्ध पब्लिकेशनलगायतको सहयोग रहेको बताइएको छ ।

पाँचौं सम्झना कप टेवल टेनिस माघमा

२१ पुस, काठमाडौं । पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेवल टेनिस प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ । ललितपुर टेवल टेनिस क्लबले विहीबार पत्रकार सम्मेलन गरी दर्जनबढी देशका करिव ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताकाे मिति सार्वजनिक गरेको हो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष टिम, महिला टिम, भेट्रान्स महिला तथा […]

टेवल टेनिसका संयोग र रुविनलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कतारमा यसै सातादेखि आयोजना हुने एसियाली टेवल टेनिस च्याम्पियनसिप (फाइनल स्टेज) मा सहभागिता जनाउन जाने दुई नेपाली पुरुष खेलाडीलाई बिदाई गरेका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडी रुविन महर्जन र संयोग कपाली (ओलम्पिक छात्रवृत्ति) लाई बुधबार नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा बिदाई […]

टेवल टेनिस विश्व च्याम्पियनसिपको क्षेत्रीय छनोट नेपालमा हुने

१३ मंसिर, काठमाडौं । विश्व टेवल टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रीय छनोट नेपालमा आयोजना हुने भएको छ । इन्टरनेसनल टेबल टेनिस फेडेरेसन (आईटीटीएफ)अन्तर्गत एसियन टेवल टेनिस फेडेरसन (एटीटीयू) को प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेवल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । मंगलबार पत्रकार सम्मेलन गरी नेपाल टेवल टेनिस संघले अहिलेसम्मकै सबैभन्दा ठूलो […]

बृहस्पतिमा विद्या सदनमा खेलकुदबारे अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदन (बिभीएस) ले खेलकुदबारे अन्तरक्रिया र मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । बृहस्पतिले आफ्नै प्राङ्गणमा सोमबार कतारमा जारी फिफा विश्वकप कतार २०२२ र ओलम्पिकबारे अन्तरक्रिया आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक एवम् अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली राष्ट्रिय फुटबल […]

गणेशमान सिंह टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यसै महिना हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेवल टेनिस यही १९ गतेबाट र १० के रोड रेस पुसमा हुने जानकारी गराएको छ । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा […]

टेवल टेनिस संघ र कल्याणराजबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघ र पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेबीच राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सम्झौता भएको छ । सम्झौतामा संघका अध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय च्याम्पिय कल्याणराज पाण्डेले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यसै वर्षदेखि कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सुरु हुनेछ । यो प्रत्येक वर्षको भदौमा […]

मिलन स्मृति जुनियर टेबल टेनिस जेठ दोस्रो साता

११ वैशाख,काठमाडौं । पूर्व टेबल टेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा मिलन स्मृति जुनियर टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रालीले आयोजना गर्ने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लौनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । यो प्रतियोगिता नेपाल टेवल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हो । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर […]

टेवल टेनिस दिवसमा १०० बालबालिकालाई प्रशिक्षण

२७ चैत, काठमाडौं । विश्व टेवल टेनिस दिवसका अवसरमा नेपालमा पनि साताव्यापी प्रचारमुलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व टेवल टेनिस महासंघ फाउण्डेसन जर्मनीले नियुक्त गरेका आधिकारिक प्रमोटर नरेश रावलले साताव्यापी कार्यक्रमको आयोजना गरेका थिए । स्ट्याग सरोज टेवल टेनिस फर अल क्लबमार्फत गरिएको कार्यक्रममा १०० जना जुनियर खेलाडीको सहभागिता थियो । कार्यक्रममा खेलाडीहरुलाई टेवल […]

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ, फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो, रग्बी, सुटिङ, स्वीमिङ, आर्चरी, जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल, बिच भलिबल, बक्सिङ, टेवल टेनिस, टेनिस, भलिवल, वाटर पोलोलगायत खेल हुनेछन्। हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमशः चीन, जापान, अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।