१८ साउन, काठमाडौं । पहिरो पन्छाएपछि २३ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहानदेखि फेरि अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज बिहान साढे २ बजेतिर भरतपुर २९ केराबारी क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेकाले केही एक-दुई घण्टामै बाटो खुल्ने उनले बताए । […]