नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६(५) को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को अपव्याख्या गरेर प्रधानमन्त्री नियुक्त गरिएको बताएका हुन् ।
उनले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भएको पनि बताए ।
नेपालको संसदीय इतिहासमा दलहरूको विभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने र संसदीय व्यवस्था प्रति नै वितृष्णा ज...