काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गर्नु भएकाे छ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै शुभकामना आदानप्रदान कार्यक्रममा यस्ताे बताउनु भएकाे हाे । त्यसको लागि पार्टीभित्र छलफल सुरु भइसकेको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको बताउनु भयाे । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो ...