काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाँले घटनाले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
— Sher Bahadur Deuba (@SherBDeuba) October 30, 2022