जेफ बेजोस, बिल गेट्स, बराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरुको ट्वीटर खाता ‘हयाक’

अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी प्रमुख हस्तीहरूकाे सामाजिक सञ्जाल ट्वीटरको खाता ह्याक गरिएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता ह्याक भएको हो । बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फिर्ता गर्न सोधेको छ, तपाईं एक हजार डलर पठाउनुस्, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले बुधबार अबेर लेख्नुभएको छ, “ट्वीटरमा हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण दिनको सामना गर्दैछौँ, यसप्रकारको गतिविधिपछि हामी सबै त्रसित महसुस गरेका छौँ ।” उहाँले अगाडि लेख्नुभएको छ, “हामी सबै के र कसरी भएको सम्बन्धमा डायग्नोस गर्दैछौँ, सकेजति साझा गर्नेछौँ ।”