खराब मौसमका कारण गुल्मीमै रोकियो जहाज

८ चैत, गुल्मी । खराब मौसमका कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ । बुधबार रेसुङ्‍गाबाट काठमाडौंका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको हो । बुधबार बिहान काठमाडौं–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा–काठमाडौं उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग […]