एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने इलन मस्कको योजना

विश्वको प्रख्यात विद्युतीय गाडी उत्पादक, टेस्लाका मालिक इलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने प्रस्ताव अघि सारेका छन् । यसबारे उनले टेस्ला बोर्डसँग छलफल गर्ने बताएपपछि यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने प्रविधि विज्ञहरूले टिप्पणी गरेका छन् । एआई सुरक्षित छैन भनेर बेलाबखत अभिव्यक्ती दिँदै आएका इलन एक्सएआईको विस्तारमा भने नयाँ-नयाँ पहल गर्दै आएका छन् ।