एक सातायता कोरोनामुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या दोब्बर

काठमाडौं : देशका ३७ जिल्ला कोरोना संक्रमणमुक्त रहँदा एक सातायता निको हुने संक्रमितभन्दा दोब्बर संख्यामा संक्रमित भेटिन थालेका छन्।आज (बुधबार) ९ जना कोरोना संक्रमित निको हुँदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा परीक्षण गरिएको थियो।हिजो मंगलबार पनि ९ जना कोरोनामुक्त भएका थिए भने ३ हजार ३७६ नमुना परीक्षणमा १६ जनामा संक्रमण भेटिएको थियो। गत सोमबार ३ हजार २४८ नमुना परीक्षणमा २१ जना संक्रमित थपिँदा ८ जना कोरोनामुक्त भएका

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर

काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ। पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।

भारतमा एकदिनमा करिब १० हजार जना कोरोनामुक्त

काठमाडौँ – भारतमा थप ४ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसमार पछिल्लो २४ घण्टामा ९ हजार ९०६ जना कोरोना मुक्त भएका छन् भने १४३ को मृत्यु भएको छ । यो संख्या हेर्दा दैनिक थपिनेभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ८७१ रहेको […]