काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने गरी सकिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन ।
थप छलफल गरी ठोस निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको छ । स्थानीय तहको चुनाव मात्र नभइ तीन वटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।
स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्व...