एजेन्सी। उत्तरी अफगानिस्तानमा एक विवाह समारोहमा मोर्टार आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बच्चा रहेको प्रहरीले बताएको छ। तालिबानी लडाकूले सरकारी सुरक्षा चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण गर्दा विवाह समारोह चलिरहेको घर पर्न गएको प्रहरीको भनाई छ। तालिबानीले भने प्रहरीले आममानिसको घरलाई निशाना बनाएर मोर्टार आक्रमण गरेको बताएको छ।