जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ। गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा एक अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थियो।