बलिउड नायक प्रतिक बब्बर आफ्नो नयाँ ट्याटुका कारण चर्चामा छन् । उनले आफ्नो छातीमा आमा स्मिता पाटिलको नामको ट्याटु बनाएका छन् । प्रतिकले यो ट्याटुको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । स्मरण रहोस्, प्रतिकलाई जन्म दिएको केही दिनपछि नै स्मिताको निधन भएको थियो । त्यतिबेला उनी ३१ वर्षकी मात्रै थिइन् ।एक अन्तरवार्तामा प्रतिकले आफ्नी आमाबारे धेरै कुरा सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरी आमा गिफ्टेड महिला थिइन् । उदाहरणको रुपमा भन्ने हो भने सचिन तेन्दुलकरको जन्म क्रिकेटको भगवान बन्नका लागि भएक