सप्तरीका एक शिक्षकसहित दुई कोरोना संक्रमितको मृत्यु

सप्तरीका दुई जना कोरोना संक्रमितको मंगलबार विहान उपचारको क्रममा मृत्यु भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर स्वास फेर्न समस्या भएपछि उहाँलाई बैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि उनलाई आइसियुमा राखेर उपचार हुँदै आएकोमा विहान उहाँको मृत्यु भएको सोही विद्यालयमा कार्यरत शिक्षक महेश मास्केले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।