आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् । आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।