करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

रामेछाप जिल्लाको लिखु तामाकोसी–६ खिम्ती खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ९ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । मंगलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका–८ बस्ने ४० वर्षीय शेरबहादुर माझी, ३० वर्षीय मिलन माझी, २३ वर्षीय प्रवीण माझी, ३६ वर्षीय शमशेर माझी, ४३ वर्षीय सन्तबहादुर माझी, २३ वर्षीय बिष्णु माझी, २५ वर्षीय सुनिल माझी, २३ वर्षीय राजकुमार माझी र २० वर्षीय विपिन मा...