काठमाण्डौ – तपाईँ नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि सुर्तिजन्य पदार्थ नबोक्नुहोस् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न सचेत गराएको छ । कार्यालयले सुचना निकाले पछि विभिन्न एअरलाइन्स कम्पनीले पनि यात्रुलाई सूर्तिजन्य पदार्थ नबोक्न अनुरोध गर्दै सुचना निकालेका छन् ।
यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता बस्तु साथमा राख्न पाउने छैनन् । यसका साथै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटवि...