पर्वत : पोखरामा जारी २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लबले डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफ क्लबमाथि चार गोलको वर्षा गरेको छ।दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको एपीएफले क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सेमिफाइनलको यात्रा तय गरेको थियो। बुधवारको सेमिफाइनल खेलमा पहिलो हाफमा २ गोलको अग्रता लिएको संकटाले खेलको दोस्रो हाफमा अग्रता दोब्बर पार्दै ४ गोल अन्तरले एपीएफलाई स्तब्ध पारेको हो।प्रभावशाली खेल प्रदर्शन गरेको संकटाका