४ वर्षीया बालिका मारेको आरोपमा दुई जना पक्राउ

रुकुम पूर्व : रुकुम पूर्वमा ४ वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–३ मोराबाङकी बालिका प्रिया कुँवरको हत्या आरोपमा सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।हत्या गरेको आरोपमा ३२ वर्षीय गौतम कुँवर र एक नाबालकलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अदालतबाट म्याद थपेर उनीहरूमाथि अनुस