काठमाडौं : नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्। पाँचदिने भ्रमणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार बेलुकी जापान प्रस्थान गरेका थिए। प्रचण्ड जापान प्रस्थानपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। उनले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको &