काठमाण्डाै - प्रतिनिधि सभामा दाङ र बाग्लुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ । सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकस्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको ज्यान गएको घटनाबारे बैठकलाई जानकारी गराउनुभयो ।
उहाँले दाङमा दुई दिनअघि किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट ज्यान गएकाे तथा रुपा राना घाइते भएको जानकारी दिँद...