भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा साँस्कृतिक गुरुहरूको सम्मान

४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए […]