अधुरा कामलाई पूरा गर्छौँ : पौडेल

दमौली । नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवार रहेका रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उमेदवारी दिएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उमेदवार...