काठमाडौं : कोभिड १९ विरुद्धको खोप नहुँदा विदेश जानेहरूले बुस्टर डोज खोप लगाउन पाएका छैनन्।
पछिल्लो केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विदेश जाने भन्दै कोभिडविरुद्धको खोप लगाउन जाने दैनिक ६०/७० जना खोप लगाउन नपाएर फर्किएका हुन्।
अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार हाल केही मात्रामा भेरोसेल खोप भए पनि विदेश जानेहरूले कोभिसिल्ड तथा फाइजर खोप खोज्ने हुँदा अहिले उक्त खोप नभएकाले खोप लगाउन आएकालाई फर्काउनुपर्ने बाध्यता छ।
‘भेरोसेल बाहेकका अन्य कोभि...