गण्डकी- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उनले अधिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने बताएकी हुन् । महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी […]