झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको विन्दवासिनी कृषि फर्ममा ४० वटा गाई छन् । फर्म सञ्चालक खेमनाथ अधिकारी खत्रीले आफ्नो फर्ममा रहेका पशुको बीमा गरेको बताए । गत साल उनको फर्ममा ३ वटा पशु क्षति भयो । तीन वटैको उनले बीमा दाबी पनि पाए । तर, उनलाई बीमा रकम पाउन धेरै झन्झट व्यहोर्नु परेको अनुभव छ ।‘बीमा कम्पनीले हेलचक्र्याइँ गरिदिने गरेका छन् । कहिले कर्मचारी छैन भन्दिने, कहिले कम्प्युटर बिग्रियो भन्ने, कहिले फायल धेरै भएर समस्या भयो भन्दिने गर्छन्,’ खत्री भन्छन्, ‘बीमा