राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित बन्न पुगेको छ । नेपालको तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्ष असन्तुष्ट बनेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।