गोरे समातिएपछि सनमकी आमा र श्रीमतीले भने– शतप्रतिशत न्याय पाउँछौं

विराटनगर । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ

सम्बन्धित सामग्री

महिला कति प्रतिशत ?

मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो । त्यो समूहलाई कविला नामाकरण गरिएको छ । कविला युगमा आमा नै कविलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन् । किन भने त्यो बेला सन्तानको बाबु टुङ्गो लाग्दैनथ्यो । तर आमा भने टुङ्गो नलाग्ने कुरा थिएन। यौनानन्दका कारणले पुरुषहरू महिलाका वरिपरि स्वाभाविक रूपले घुम्थे । महिलालाई खुसी पार्न प्रयत्न गर्थे । त्यसकारण त्यो समाजमा आमा नै देवी, आमा नै पालक, आमा नै जन्म दिने, कर्म दिने, पालनपोषण गर्ने र शक्तिशाली वंश दिने संस्था थियो । समाज विकासको त्यो प्रारम्भिक चरणमा आइपुग्दा मान्छेको सभ्यतामा महिलाको स्थान, उत्तरदायित्व, अधिकार र अस्तित्व, अस्मिता शतप्रतिशत थियो । त्यसैलाई मातृसत्तात्मक समाज भनिएको हो।

गर्भ जाँचपछि अन्डा कोसेली

छेडेगाड नगरपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गरेपछि एक क्रेट अन्डा दिने निर्णय गरेको छ। शतप्रतिशत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउने वातावरण तयार गर्न गर्भ जाँचपछि अन्डा वितरण गर्न थालिएको हो। आमा र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले कम्तीमा आठ पटक गर्भ जाँच गराउनु पर्ने व्यवस्था गरेको छ। भौगोलिक विकटता दुर्गम गाउँबस्तीका महिला स्वास्थ्य संस्था पुग्न नसक्दा घरमै असुरक्षित सुत्केरी गराइँदा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ। गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण निर्माण गर्न साउन १ देखि लागु हुने गरी अन्डा वितरण अभियान थालिएको हो।