अमेरिकाद्वारा रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

वासिङटन : अमेरिकी सरकारले शुक्रबार दुईजना रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले रूसले दुई अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको प्रतिक्रियास्वरूप यो कदम चालेको बताए।मिलरले भने‚ ‘रूस सरकारले हाम्रा कूटनीतिज्ञलाई गरेको उत्पीडन सह्य छैन। मस्कोस्थित हाम्रा दूतावासका कर्मचारीमाथि हुने कुनै पनि कारबाही स्वीकार्य छैन।’उक्रेन र रूसबीच भइरहेको युद्धलाई लिएर अमेरिका र रूसबीच तनाव बढेका वेला अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई निष्काशन