प्रधानन्यायाधीश र कानूनमन्त्री विरुद्ध सर्वोच्च अदालतका वकिलले गरे विरोध प्रदर्शन

नागरिकता, जन्ममिति र शैक्षिक प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुली र कामचलाउ सरकारका कानूनमन्त्री यज्ञ बहादुर थापाले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै वकिलहरूले विरोध प्रदर्शन गरेका छन्। न्यायपरिषद् कार्यालय परिसरमा वकिलहरूले यसैको विरोधमा प्रदर्शन आयोजना गरेको अधिवक्ता कपिलदेव ढकालले सेतोपाटीलाई बताए। सर्वोच्चदेखि जिल्ला न्यायाधीशसम्म रिक्त पदमा न्यायाधीश नियुक्तिका लागि छलफल गर्न प्रधानन्यायाधीश पराजुलीले बुधबार साढे…