आस्था अरोरा :  भारतलाई १ अर्ब जनसंख्याको क्लबमा पुर्याउने बच्चा

जन्मेको केही घण्टापछि ११ मे २००० मा, दिल्लीको सफदरजंग अस्पतालमा एक नवजात शिशुलाई भारतको अबौँ बच्चा भनियो। सरकारी मन्त्रीहरूले गुलाबी कम्बलले बेरेकी बच्चीसँग धेरै फोटो खिचे।ती बालिकाको नाम पछि आस्था राखियो।  आस्थाको जन्म हुने बित्तिकै भारत त्यो क्लबमा पुग्यो जहाँ पहिले चीन मात्र थियो- १०० करोड जनसंख्या भएको देश।यस अवसरमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका लागि भारतका प्रतिनिधि माइकल भ्लासोफले आस्थालाई ' विशेष' बच्चाको रूपमा वर्णन गरे। आस्थाको जन्म भारतले जनस