काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई छिटै कालोसूचीबाट हटाउने बताउनुभएको छ ।
आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई ईयूले कालोसूचीबाट हटाउने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनुभयो ।&...