न्यायाधीशहरूसँग बारले भन्यो- राणाको राजीनामा बटमलाइन, दुई पक्षीय सम्झौता मान्दैनौं

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमवार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेर आफ्नो बटमलाइनबारे प्रस्ट्याएका छन् ।  बारका पदाधिकारीहरूले १३ जना न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका हुन् ।  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरसँग भने, 'अहिलेसम्म हाम्रो आन्दोलनको एजेन्डा तथा बटमलाइनबारे प्रस्ट रुपमा जानकारी गराएका छौं, प्रधानन्यायाधीशज्यूको राजीनामा नै बटमलाइन रहेको तथा त्यसभन्दा तल-माथि जान नसकिने भनेर प्रस्ट रुपमा कुरा राखेका छ...