स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेक