काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय चुनाव नसार्न भन्दै सातबुँदे पत्र नै बुझाएपछि गठबन्धनभित्र यसको तीव्र विरोध भइरहेको छ। राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले सातबुँदे पत्र थमाएकी थिइन्। उक्त पत्रमा राष्ट्रपति भण्डारीले संविधान र ऐन अनुसार शुरुमा स्थानीय तह र त्यसपछि संघीय प्रतिनिधिसभा र प्रदेश सभाहरूको निर्वाचन हुनु […]