वाग्मती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ । वाग्मती प्रदेशसभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।