सफल व्यवसायी बन्दै सर्लाहीका महिला

काठमाडौँ, २ चैत । सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गरेका छन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उनले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा लिएको जमिनमा व्यावसायिकरुपमा गर्नुभएको माछापालन गर्नाका साथै एक जनालाई रोजगारसमेत दिएका छन् । एक मजदुरसहित आफू लागिपरेर व्यवसायलाई […]

सम्बन्धित सामग्री

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करीब तीन बिघा जमीनमा माछापालन गरेकी छिन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी उनले करीब दुई बिघा आफ्नो जमीन र करीब एक बिघा ठेक्कामा लिएको जमीनमा व्यावसायिक रूपम माछापालन गरेकी छिन् । एक मजदूरसहित आफू लागिपरेर व्यवसायलाई मधेश प्रदेशकै नमूना माछा फार्मको रूपमा विकास गर्ने योजना बनाएको रामवतीले बताइन् । पोखरीमा माछा राम्रो उत्पादन भएको र आफूले गरेको मेहनतका साथै लगानीले एकै याममा मजदूरको खर्च, माछाको दाना, औषधिलगायत सम्पूर्ण खर्च गर्न पुग्ने र बाँकी यामको आफ्नो कमाइ वचत हुने गरेको उनको भनाइ छ । यसैगरी चन्द्रनगर गाउँपालिका–५ मोहनपुरकी सुनिता कुमारीले सहकारी संस्थाबाट रू. २० हजार ऋण लिएर शितल पाउरोटी बिस्कुट उद्योग सञ्चालन गरेकी छिन् । रासस