पर्यटकीय क्षेत्रलाई बुटवलसँग जोड्दै २ केबलकार, उहिले नुन ओसार्ने बाटोमाथिबाटै सरर ...

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवललाई जोड्ने गरी दुईवटा केबलकार परियोजना एक साथ अगाडि बढेका छन् ।  बुटवलमाथिको ऐतिहासिक नुवाकोटगढी र वसन्तपुर डाँडामा दुवैतर्फ निजी क्षेत्रको लगानीमा केबलकारका परियोजना अगाडि बढेका हुन् ।  एक हप्ता अगाडि गएको फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका– ३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकारको बुटवलमा शिलान्यास गरेका थिए ।  बुटवलबाटै पाल्पाको नुवाकोट पुग्ने स...