च्याम्पियन्स लिगको फाइनल हेर्न बेलायती प्रशंसकको यात्रामा रोक

बेलायत सरकारले टर्कीमा हुने च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हेर्न यात्रा गर्ने तयारीमा रहेका प्रशंसकको यात्रामा रोक लगाएको छ । च्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेष्टर सिटी र चेलसीले मई २९ मा स्पर्धा गर्नेछ । बेलायतले टर्कीलाई यात्रा गर्न नहुने रातो सूचीमा सूचीकृत गरेको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट शापले कोभिड १९ को रातो सूचीमा सूचीकृत राष्ट्रको अत्यन्तै जरुरी बाहेकको परिस्थिति अतिरिक्त भ्रमणमा रोक लगाइएको छ । उहाँले बेलायत सरकार च्याम्पियन्स लिगको फाइनल स्वदेशमै आयोजना गर्न तयार रहेको बताउनुभयो ।