महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरू बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा/स्वास्थ्य प्राविधिक र कर्मचारीको टोली परिचालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ …