दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास आवश्यक रहेको बताएका छन् । बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बालविवाहमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन् । […]