काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति राजनीतिक दलहरूबीचको सहमतिका आधारमा निर्धारण गर्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेपछि आयोगले निर्वाचनको मिति तोक्ने विषयमा सरोकारवालाबीच साझा समझदारी कायम गर्न पहल गर्ने स्पष्ट पारेको हो । छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँ निर्णयकर्ता नभई सहजकर्ता […]