सेयर किन्न ब्रोकरबाटै ऋण, १४ कम्पनीले सुरु गरे मार्जिन कारोबार सुविधा

धितोपत्र दलाल १४ कम्पनीले मार्जिन कारोबार सुविधा सुरु गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विवरणअनुसार विभिन्न १४ ब्रोकर कम्पनीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन थालेका हुन्। मार्जिन कारोबार सुविधाअन्तर्गत लगानीकर्ताले ब्रोकर कम्पनीबाट निश्चित रकम ऋण लिएर सेयर खरिद गर्न सक्छन्। यस सुविधाले लगानीकर्तालाई आफ्नो उपलब्ध पुँजीभन्दा बढी रकमको सेयर कारोबार गर्ने अवसर दिन्छ। […]