दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र पुरस्कार राशिबारे जानकारी दिएको हो। आयोजक समितिका अध्यक्ष सन्तोष थापाका अनुसार प्रतियोगितामा तीन […]